मौसुफको चाइनिज सुन्दरी चाउ एन थाई सङ्ग प्रेम बस्यो । मान्छे सिम्पल,गालामा डिम्पल , मृदु भाषि लाग्थ्यो जलपरी नै हुन तिनी । सम्बन्ध प्रगाढ थियो । 6 बर्ष पछि सन्तान जन्माउने त्यतिन्जेल खरो आर्थिक क्रान्ती गर्ने कुरो भो । तिनको मुस्कान लाग्थ्यो कुनै लुटेराको लट्याउने बास्नादार सुगन्ध हो । हेर्यो ki टोलाउने रोग लाग्ने हेरि रहुँ जस्ती । एकदिन हुने वाला बच्चाको नाम के राख्ने भन्ने गम्भिर छलफल भयो । छोरी भए" चाउमिन ",छोरा भए "चाउचाउ"राखौं नेपाल र चाइनाको सम्बन्ध जोड्ने टाइपको भने तर कुरो मिलेन क्रमश छोरी भए "झाङ " र छोरा भए "वाङ" राख्नु पर्ने उसले अडान राखी । आफुलाई पृथ्बिनारायण ले कसैसङग नझुक्नु भनेकाले म झुक्दिन भने । उसले पनि चेयरमेन माओ ले अठोट गरे पछि खुट्टा नकमाउनु भनेको भनी । दुबैको अडान ले सहमती भएन ।
दुई चार दिन घुमाएपछी प्रेमी न हो सहमतिमा आउली भन्ने मौसुफ लाइ लाग्यो । घुम्नको सौखिन पनि थिई उ । घुम्न जाउ अनि फेरि बिचार गरौँला भनेँ । हुन्छ को संकेतमा मुन्टो हल्लाइ सिचुवान देखी यांन्जी ,झिम्मु , ग्रेट्wall लगायत कैयाैँ भुभाग घोडामा प्रेमिल यात्राहरु गरियो ।
ऊ साह्रै खुसि भई । घुम घाममा म पनि खुसि भएको थिएँ । लाग्थ्यो अब उसले अब म सँग मुटु नै मागि भने पनि झिकेर फ्याट्टै दिन सक्छु झैँँ । उसलाइृ पनि त्यस्तै भइरहेको रहेछ भन्ने तब थाहा पाएँ जब उसले राजा हामि कस्तो स–सना कुरामा अड्कििरहेका छिटो मिलौँ । आई कान्ट लिभ विदाउट यु भन्दै थिई । नाम जे राखौँला अहिले देखि के को तनाब ? जे गरौँला सहमतिमै गरौँला । तर साथ नछोड उ भन्दै थिई म घाममा हिउँ पग्लिए झैँ पग्लिदै थिएँ ।
घोडालाई नजिकै घाँसे मैदानमा छाडिदियौँ चर्न पाउँदा उ पनि खुब खुसि भयो । नजिकैको त्यो मैदानमा पल्टियौँ । प्रकृतिको मजा , चराहरुको चिरबिर , निलो आकाश , याङ्गजि नदिको चिसो हावा , निलो आकाश र सफेद बादलका झोँकाहरुमा बनेका अनेकन आकृतिहरु हेर्दै प्रेमिल बातहरु मा हाँसखेलमै दिन बितेको पत्तै भएन ।
अकास्मात ! कतैबाट टिङ टिङ.....टिङको आवाज आयो । आँखा राम्ररी खुलेनन् मोबाइल रहेछ उठाएँ । टु डु लिस्टमा लेखिएको थियो ।“ रबिन लेट्स वेकअप । बि फ्रेस डन्ट फरगेट टु इट, एण्ड रेडि टु गो ड्युटि । ह्याभ राइस इन हट केस ह्याभ अ नाइस डे ।” हत्तेरी ! यत्रो सारा त सपना पो रहेछ । सपना पनि उहि चाउ लाइ देख्दो रहेछु अचेल
पढ्ने मुर्खता गर्नु भएकोमा धन्यबाद । यो सानो लघु कथा मात्र हो । कसैसँग मेल खाएमा खुचिम खुचिम ।
म सपना लेख्ने मान्छे त हैन । तर कुनै समस्या बार बार नकोट्याउनुहोस । अलिक फरक तरिकाले त्यसलाई समाधानको प्रयास त गर्नुस । रिजल्ट ? तपाइका सम्बन्धहरु अझ मजबुद हुने छन । समस्याहरु हल होलान । जय होस ।
पढ्ने मुर्खता गर्नु भएकोमा धन्यबाद । यो सानो लघु कथा मात्र हो । कसैसँग मेल खाएमा खुचिम खुचिम ।
म सपना लेख्ने मान्छे त हैन । तर कुनै समस्या बार बार नकोट्याउनुहोस । अलिक फरक तरिकाले त्यसलाई समाधानको प्रयास त गर्नुस । रिजल्ट ? तपाइका सम्बन्धहरु अझ मजबुद हुने छन । समस्याहरु हल होलान । जय होस ।
Comments
Post a Comment