मौसुफको चाइनिज सुन्दरी चाउ एन थाई सङ्ग प्रेम बस्यो । : मान्छे सिम्पल,गालामा डिम्पल , मृदु भाषि लाग्थ्यो जलपरी नै हुन तिनी । सम्बन्ध प्रगाढ थियो । 6 बर्ष पछि सन्तान जन्माउने त्यतिन्जेल खरो आर्थिक क्रान्ती गर्ने कुरो भो । : तिनको मुस्कान लाग्थ्यो कुनै लुटेराको लट्याउने बास्नादार सुगन्ध हो । हेर्यो ki टोलाउने रोग लाग्ने हेरि रहुँ जस्ती । एकदिन हुने वाला बच्चाको नाम के राख्ने भन्ने गम्भिर छलफल भयो । छोरी भए" चाउमिन ",छोरा भए "चाउच ाउ"राखौं नेपाल र चाइनाको सम्बन्ध जोड्ने टाइपको भने तर कुरो मिलेन क्रमश छोरी भए "झाङ " र छोरा भए "वाङ" राख्नु पर्ने उसले अडान राखी । आफुलाई पृथ्बिनारायण ले कसैसङग नझुक्नु भनेकाले म झुक्दिन भने । उसले पनि चेयरमेन माओ ले अठोट गरे पछि खुट्टा नकमाउनु भनेको भनी । दुबैको अडान ले सहमती भएन । : दुई चार दिन घुमाएपछी प्रेमी न हो सहमतिमा आउली भन्ने मौसुफ लाइ लाग्यो । घुम्नको सौखिन पनि थिई उ । घुम्न जाउ अनि फेरि बिचार गरौँला भनेँ । हुन्छ को संकेतमा मुन्टो हल्लाइ सिचुवान देखी यांन्जी ,झिम्मु , ग्रेट्wall लगायत कैयाैँ भुभाग घोडा...