केहि समय अघि सम्म नेपालको झण्डा फेर्न पर्छ भन्नेहरु र गाई खान पाउन पर्छ
भन्ने हरु एकै खाले सोचहरु हुन । जब घटनाहरु दोहरीन्छन अनि फेरि पनि बहश
शुरु भैहाल्छ । गाई काटेर खान पाउने कि नपाउने ? अब यो कुनै बहसको बिषय नै
हैन । जनता द्धारा निर्बाचित सभासदहरु द्धारा अत्यधिक बहुमतले पारीत
संबिधानको पालना गर्दिन भन्न मिल्छ ?
हो नेपाल बहुभाषिक,बहुजातिय,बहुधार्मिक एक जटिल जनासांख्यीक बनोट भएको मुलुक हो । तर यसो भन्दैमा ८१.३ प्रतिशत हिन्दु भएको देशमा हिन्दुहरुको पबित्र जनावर गाई लाई खुलम खुल्ला मारेर खान पाइनु पर्छ भन्ने कुरा अराजकहरुको झुण्ड ले मात्र भन्छ । गाई हिन्दुहरुको पबित्र जनावर मात्र नभई नेपालको संम्बिधान २०७२ अनुसार राष्ट्रिय जनावर पनि हो । नेपालमा मात्र हैन राष्ट्रिय जनावर मार्न अधिकांश मुलुकमा निषेध नै हुन्छ । यसो भनिरहँदा ब्यक्तिगत स्वतन्त्रताको कुरा आउन सक्छ तर के ब्यक्तिगत स्वतन्त्रताको नाममा अर्काे धर्म र सम्प्रदाय माथि खिल्ली उडाउन मिल्छ ?
मासुका लागि के गाई बाहेक अन्य जन्तु नै नभएका हुन ? अनेकन जात र धर्महरुको लयमा तालमेल जब सम्म मिल्छ जुन बेला सम्म एक ले अर्कालाई सम्मान गरिन्छ । कतिपय कुराहरु “कम्प्रोमाइज” पनि गरिन पर्छ । नेपालमा कुनै घटना साथ त्यसलाई राजनितिकरण गर्न परम्परा बसेको छ । घटना भइसकेपछि को दलित को गरिब को कुन समुदायको भनेर हेरिन हुन्न । सत्य तथ्य छानविनका साथ कानुन अनुसार कारबाहि हुन पर्दछ । नत्र व्यर्थ कानुनको किताबलाई मात्र सिंगार्न के लाई चाह्यो कानुन ?

Comments
Post a Comment