Skip to main content

मजदुर (कबिता )

मजदुर (कबिता )
कतिओटा झण्डा हल्लायौ आज
देउ ति नांगा हरुलाई एउटा फरिया पुग्ला
कहिल्यै मिठो बोलेका छौ ?
जब त्यो केटोले कुनै बारमा बोतल खसालेकोथ्यो
त्यो बुर्ज खलिफा
त्यो पल्लो काँचको महल
त्यो बिश्वकपको मैदान
अरब सागरमा तैरिरहेको
भिमकाय त्यो डुङगा
ति मग मगाउने बगैँचा
त्यो सडकको भित्तो
कुँदिएको कला
अनि तिम्रा घरका एक एक इट्टाहरु
हो मैले बनाएको हुँ ,
रंगाएको हुँ
माओ को च्यातिएको जुत्ता ,
स्टालिनको मुर्तिमा पनि मेरा पसिनाको गन्ध छ
हो म मजदुर हुँ
आज खुब ढोल पिट्यौ
पानि माथिको ओभानो
के दिल बाट मेरो श्रमको कदर गर्छाै ?
तिमी उन्मातले नशामा झुम्दा
म थकान ले उम्दछु
तिम्री जहान झैँ मेरी प्रियसीको रवाफ कहाँ छ ?
कुर्सिमा बिराजमानका अघि म
इमान बेचिरहेछु
ताप जति ताप्न सक्छौ
तातो कोइला हुँ,
टेबलमुनिकी लक्ष्मिले मगज खुस्किएको तिम्रो सान अघि
मेरो परिश्रम कहिल्यै झुक्दैन
जब सम्म तिमी ति ढोँगि
रुपैयाका दलालहरु लाई सलाम गर्छौ
मेरो श्रम लाई रुपैयामा जोख्छौ
श्रम देखि लजाएर
जब भिर्छाै खोक्रो आडम्बर
हो समाज साँच्चै गरिब हुनेछ ।
@karkirabindraUAE/2016/05/01

Comments

Popular posts from this blog

नेपालका धारहरु

! नेपालका धारहरु ब्यापारी धार ः नो निड टेल यु मोर गाइज् । दिस इज द ग्रुप हु ह्याभ वन्ली इन्टरेस्ट हाउ टु अर्न , अर्न क्या अझ बिनेफिट जो भनिन्छ जस्ट द्याट ‘अरुको बालै फरर ।।  कारमा सररर ।। बिजनेस क्लास अलवेज फस्ट क्लास । सक्कि गो नि अनि ! मौन धार ः  हे भगवान यो देशमा के भएको ! सप्पै नेता झगडा गरेरै मर्छन कि क्या हो ? भन्ने खालका तर राजनीतीमा खास सरोकार नराख्ने आम परिश्रमि नेपाली । आम नेपाली जसलाई रातदिन छाक टार्न नै धाउ धाउ छ । छोरा छोरिको भविस्यमै जीन्दगी स्वाहा ! ढाका टोपी धार ः यो धार मौन धार भन्दा केहि माथिल्ला भनाउँदा हरु हुन । जसलाई राजनितीको भन्दा नि चासो सर नमस्कार भन्नमै जीन्दगी सकिन्छ ।  यसमा ढाका टोपी ढल्काउँदै विभिन्न संघ संस्थामा मिटिङ भन्दै खानेपानिको बजेट , बाटोको बजेट भन्दै  सदरमुकाम धाइरहने धार यसमा असल नियत भएका बिकास प्रेमि  र भ«ष्ट नियत भएका सप्पै लाई नमस्कार सर भन्दै एन जि ओ आइ एन जीओ का ठेउका हरु लाई कुखुरा काटेर यसो रुपैयाको झोल पनि चाट्न पाउने आश गर्ने अनि खोया बिर्के अध्यक्ष ज्यु हरु नि पर्छन । मलाई लाग्छ तिनले सपनामा बुढिको अंगालोमा...

कारण छ कि

Rabindra Karki August 22  ·  तिमी शुन्दर हुनुको कारण छ कि तिर झैँ मुस्कानको कारण छ कि जवानीले हो कि चन्चल थ्यौ उस्तै प्रीया बेमिशाइल त्यो रुपको कुनै कारण छ कि तिमिलाई आफ्नो बनाउने सोचेकै छैन र पनी, दिल लुट्नु हरदमको केही कारण छ कि ठुला नयन जिज्ञासु हेराई उस्तै मस्त लाग्छ दुर देखि शक्ति आकर्षणको कुनै कारण छ कि बानी छ कस्तो त्यो चाहिँ खास थाहा छैन हर पल जलाउन सक्ने ताकतको कारण छ कि @karkirabindra

एक लाख लुटौँ एक हजार दान गरौँ

एक लाख लुटौँ एक हजार दान गरौँ ढाटौँ छलौँ कसलाई मतलब समाजसेवी बनौँ निर्धै त हो मर्ने उस्तै छ सँधै यहाँ , लुटौ खाउँ सकेजती, फुल खादा मान सम्मान भिरौँ @karkirabindra