! नेपालका धारहरु ब्यापारी धार ः नो निड टेल यु मोर गाइज् । दिस इज द ग्रुप हु ह्याभ वन्ली इन्टरेस्ट हाउ टु अर्न , अर्न क्या अझ बिनेफिट जो भनिन्छ जस्ट द्याट ‘अरुको बालै फरर ।। कारमा सररर ।। बिजनेस क्लास अलवेज फस्ट क्लास । सक्कि गो नि अनि ! मौन धार ः हे भगवान यो देशमा के भएको ! सप्पै नेता झगडा गरेरै मर्छन कि क्या हो ? भन्ने खालका तर राजनीतीमा खास सरोकार नराख्ने आम परिश्रमि नेपाली । आम नेपाली जसलाई रातदिन छाक टार्न नै धाउ धाउ छ । छोरा छोरिको भविस्यमै जीन्दगी स्वाहा ! ढाका टोपी धार ः यो धार मौन धार भन्दा केहि माथिल्ला भनाउँदा हरु हुन । जसलाई राजनितीको भन्दा नि चासो सर नमस्कार भन्नमै जीन्दगी सकिन्छ । यसमा ढाका टोपी ढल्काउँदै विभिन्न संघ संस्थामा मिटिङ भन्दै खानेपानिको बजेट , बाटोको बजेट भन्दै सदरमुकाम धाइरहने धार यसमा असल नियत भएका बिकास प्रेमि र भ«ष्ट नियत भएका सप्पै लाई नमस्कार सर भन्दै एन जि ओ आइ एन जीओ का ठेउका हरु लाई कुखुरा काटेर यसो रुपैयाको झोल पनि चाट्न पाउने आश गर्ने अनि खोया बिर्के अध्यक्ष ज्यु हरु नि पर्छन । मलाई लाग्छ तिनले सपनामा बुढिको अंगालोमा...
Comments
Post a Comment